Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले आफैलाई धोका दिए, परिणाम केहि समयमै थाहा हुन्छ : शंकर पोखरेल

हेटौँडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई धोका दिएको बताएका छन् ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिवार हेटौँडामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेलाई नभइ आफैलाई धोका दिएको बताए ।

महासचिव पोखरेलले भने, ‘अहिले कतिपयले भन्ने गरेका छन् कि प्रचण्डले एमालेलाई धोका दिए, तर त्यो अन्योलताबाट सबै मुक्त हुन जरुरी छ, प्रचण्डले एमालेलाई हैन, उनीहरूले आफूलाई नै धोका दिएका हुन, त्यसको परिणाम अब केहि समयमा नै माओवादीले थाहा पाउँछ ।’

पोखरेलले माओवादी नेतृत्वको सरकारले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने बताए । माओवादी–कांग्रेस सरकारसँग अर्थतन्त्र सुधार गर्ने कुनै पनि कार्यक्रमहरू नरहेको भन्दै महासचिव पोखरेलले सरकारको कारण देशको अर्थतन्त्र डामाडोल बनेको बताए ।

एमाले सरकारमा रहेको समयमा बजार ‘गुल्जार’ हुने बताउँदै पोखरेलले यथास्थितिवादी सोच भएका पार्टीहरू मिलेर निर्माण भएको सरकारले देशमा परिवर्तन गर्न नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077