Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु

दार्चुला । दार्चुलामा बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु भएको छ ।

जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातिनी दुई वर्षीया सोनिया धामी रहेका छन् ।

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077