Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धरानमा सांसद्हरुलाई निषेध गर्ने हर्क साम्पाङको चेतावनी, बालेनले पनि जनाए समर्थन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो चेतानी दिएका हुन् । उनले यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूको तीनकुने मै फोटोसहित बोर्ड राखिने बताए ।

उनले लेखेका छन् 'यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ १ तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !'

साम्पाङको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन् 'पूर्ण समर्थन, गर्ने नै यही हो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077