Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसद ढकालको माग- संसद् सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले गणपूरक संख्या नपुगेर संसद् बैठक रोकिएकोप्रति आपत्ति जनाए ।

उनले संसद्‌मा हाजिर गरेर हिँड्ने प्रवृत्ति रहेको भन्दै सदन सुरु भएपछि मात्र नभई सदन सकिएपछि पनि हाजिरी गर्नुपर्ने बताए ।

उनले भने, ‘म सदनलाई आग्रह गर्न चाहन्छु बेलुका बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरियोस् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077