Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

जब एमाले सांसद पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना...

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सूचना सुनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमाले सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् ।

उनले भने, ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाघेर ७० नपुगेको जस्तो देखिने।’

उनले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गरे।  शुन्य समयमा सांसद पन्तले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077