Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु

काठमाडौं । भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको क्रममा पुरिएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । पुरिएका दुईमध्ये वर्ष २२ का नितेश सदाको मृत्यु भएको हो ।

भक्तपुर प्रहरी परिसरका अनुसार आइतबार दिउँसो ४ः०५ बजे सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाइटमा नयाँ ढल विस्तारको काम भइरहेको समयमा माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका सुनसरीको गढी गाउँपालिका–२ घर का ३० वर्षीय सियाराम सदा र २२ वर्षीय नितेश सदा पुरिएका थिए ।

त्यसमध्ये सियारामलाई साढे ५ बजेतिर उद्धार गरि उपचारका लागि अस्पता पुरर्‍याएको छ । उनी बोल्ने अवस्थामा छन्। तर, सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने रितेशको ६ बजे मृत्यु भएको छ ।

उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077