Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न पाएनन् : खिमलाल भट्टराई

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न नपाएको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद् भट्टराईले यस्तो बताएका हुन् ।

सांसद् भट्टराईले भने,‘स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न पाएनन् । केन्द्रीय तहमा केन्द्रिकृत मानसिकता छ । पाँच वर्ष भइसक्यो अहिलेसम्म प्रदेशको एकल अधिकारका रुपमा रहेको प्रहरी समायोजन हुन सकेको छैन ।’

सांसद् भट्टराईले संघ सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार नै दिन नमानेको बताए । भट्टराईले स्थानीय तह र प्रदेश भनेका संघका प्रशासनिक इकाइ हुन् भन्ने सोच हावी रहेको गुनासो गरे । सरकारको नियतमै खोट देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077