Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

गर्मीका कारण भारतको महाराष्ट्रमा १२ जनाको मृत्यु

एजेन्सी । प्रचण्ड गर्मीका कारण भारतको महाराष्ट्रमा १२ जनाको मृत्यु भएको छ ।

महाराष्ट्र राज्यमा आयोजित एक सम्मान समारोहमा सहभागी १२ जनाको मृत्यु भएको छ भने अन्य थुप्रैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

चर्को घाम लागेको बेला सरकारद्वारा प्रायोजित घण्टौँ लामो कार्यक्रम खुला मैदानमा भएको थियो। प्रतिष्ठित सामाजिक अभियन्ता सम्मानार्थ आइतवार आयोजित कार्यक्रममा हजारौँ मानिस उपस्थित थिए।

कार्यक्रममा आएका धेरै मानिसले शरीरमा पानीको कमी भएको र अन्य गर्मीसँग सम्बन्धित समस्याबारे जानकारी गराएका थिए । भारतमा सबैभन्दा गर्मी हुने अप्रिल महिनामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बाहिर ननिस्किन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077