Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनबिरुद्धको रिट न्यायाधीश कार्कीको इललासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको रिट न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ।

राष्ट्रपति कार्यालय र सिंहदरबारभित्रको फोहोर तत्काल उठानका लागि अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो।

उक्त निवेदको पेसी क्रमसंख्याअनुसार आठौं नम्बरमा छ। रिटमा काठमाडौं महानगरपालिका संगै मेयर बालेनलाई समेत विपक्षी बनाइएको छ। काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ।

फोहोर उठाउने कार्यबाट काठमाडौं महानगरपालिका पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहोर उठाउन अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077