Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रास्वपा सांसद डाँगीको स्वकीय सचिवमा पर्वतकी सुस्मिता क्षेत्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद निशा डाँगीको स्वकीय सचिवमा सुस्मिता क्षेत्री नियुक्त भएकी छिन् ।

मंगलबार प्रकाशित नतिजा अनुसार डाँगीको स्वकीय सचिवमा पर्वतकी क्षेत्री छानिएकी हुन् । सांसद डाँगीले स्वकीय सचिव पदका लागि गत चैत १६ गते आवेदन खुलाएकी थिइन् ।

जसमा १ सय १६ जनाको आवेदन प्राप्त भएको थियो। त्यसमध्येबाट ३५ जनालाई प्रारम्भिक चरणमा छनौट गरिएको थियो।

प्रारम्भिक चरणमा छनौट भएका मध्ये १९ जनाले लिखित परीक्षा र अन्तरवार्तामा सहभागिता जनाएको डाँगीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077