Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : पहाडमा वर्षा, उपत्यकामा तुवाँलो

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जस कारण हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू(भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका केही भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ।

बुधवार राति देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077