Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन शाहविरुद्ध परेको रिट सुष्मालता माथेमाको इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ।

राष्ट्रपति कार्यालय र सिंहदरबारभित्रको फोहोर तत्काल उठानका लागि अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश माथेमाकोइजलासमा सुनुवाइ हुन लागेको हो।

यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका  थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077