Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जग्गा कित्ताकाट खोल्ने निर्णय फिर्ता लिईयोस् : एमाले सांसद सुुब्बा

    जग्गा कित्ताकाट खोल्ने निर्णय फिर्ता लिईयोस् : एमाले सांसद सुुब्बा

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 717
    SHARES

    काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सो निर्णयको विरोध गरेकी हुन् ।



    एमाले सांसद सुब्बाले पुरानो अवस्थाबाट जग्गाको कित्ताकाट गर्नु वर्तमान परिवेशविपरीत भएको बताइन् । सरकारले मंगलबार मात्रै जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो ।



    नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको बताउँदै सांसद सुब्बाले तयार पारिएको भूउपयोग नीति १० वर्ष हुँदापनि कार्यान्वयन नभएको बताईन् ।

    उनले भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनता विरुद्धको काम भएको उल्लेख गरिन् । सांसद सुब्बाले सरकारको निर्णयले जमिनको खण्डिकरण बढाउने र कृषि क्षेत्रलाई समाप्त पार्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार