Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जग्गाको कित्ताकाट खुल्यो, साढे दुई आनासम्म टुक्रा गर्न पाइने

    जग्गाको कित्ताकाट खुल्यो, साढे दुई आनासम्म टुक्रा गर्न पाइने

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 6.4K
    SHARES

    काठमाडौं । जग्गाको कित्ताकाट खुलेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ संशोधन गरेसँगै कित्ताकाट खुलेको हो ।

    भुउपयोग नियमावलीमा रहेको कडा प्रावधानका कारण जग्गाको कित्ताकाट रोकिँदा राजश्व संकलनमा असर परेपछि सरकारले नियमावलीलाई संशोधन गर्दै खुकुलो बनाएको हो ।



    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठका अनुसार अब आवासीय र व्यापारिका जग्गा न्युनतम ८० वर्गमिटर अर्थात् साढे दुई आनासम्म टुक्रा गर्न पाइने भएको छ।



    नियमावलीले न्यूनतम १३० वर्गमिटरको प्रावधान राख्दा जग्गाको सबै कित्ताकाट रोकिएका थिए। खेतीयोग्य जग्गा १ रोपनीसम्म कित्ताकाट पाइने भएको छ। यसअघि कृषि जमिन उपत्यकामा ५ सय वर्गमिटर र तराई र भित्री मधेसमा ६७५ वर्ग मिटरभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।

    आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैन थियो । सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार