Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावअघि गठबन्धन गर्ने संस्कृति अन्त्य गर्नुपर्छ : योगेश भट्टराई

तनहुँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको राजनीतिमा गठबन्धनको संस्कृति उपयोगी नदेखिएको बताएका छन् ।

बिहीबार प्रेस चौतारी तनहुँले गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले चुनावअघि गठबन्धन गर्ने संस्कृतिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

सचिव भट्टराईले भने, ‘यो गठबन्धनको संस्कृतिले झन् ठूलो अन्योल पैदा गरेको छ, यसले सरकार बनाउन सकेको छैन, स्थायी हुन सकेको छैन ।

जनतामा कुनै आशा भरोसा यसले पैदा गर्न सकेको छैन । चुनावको बेला गर्ने गठबन्धनको अन्त्य गर्नुपर्छ, यो निर्वाचनले गठबन्धनको अन्त्य गर्नुपर्छ । जुनको पार्टीको क्षमता दक्षता छ, त्यो पार्टी अगाडि आउनुपर्छ ।’

सचिव भट्टराईले उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने बताए ।

सचिव भट्टराईले घन्टी अहिले पनि सरकारमै सामेल रहेको र चुनावको समयमा बाहिर बसेको जस्तो नाटक मात्र गरेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077