Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको टिप्पणी - कांग्रेस र माओवादी नारायणी जस्ता हुन्, अरु खहरे भेल

चितवन। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चितवनको शक्तिखोरको अौद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताएका छन् ।

चितवनको निर्वाचन क्षेत्र नं. २ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपील गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने 'अघिल्लोपटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ। संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छु । यो कार्यकालमा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं। यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं ।'

यस्तै सभामा प्रधानमन्त्रीले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनबासीलाई अपील गरे । उनले भने,'कहिलेकाहिँ खहरे खोला पनि उर्लिएर आउँछ। त्यो छिट्टै सुक्छ। तर, नदी सदाबहार हुन्छ। केही समयदेखि यता चितवनमा खहरे भेल आएको छ। तर अहिले बिस्तारै सुक्दैछ। मतदाताहरू लयमा फर्किंदैछन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरू विशाल नदी हुन्। यिनीहरू सदाबहार रूपमा अगाडि बढ्छन्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077