Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धरानका वडाअध्यक्षहरूले मागे मेयर हर्क साम्पाङको राजीनामा

धरान । धरान उपमहानगरपालिकाका वडाअध्यक्षहरूले एक वर्षसम्म मेयर हर्क साम्पाङको पेलान सहेको भन्दै अब नबस्ने बताएका छन् ।

मेयर साम्पाङले राजीनामा दिन चेतावनीसहितको विज्ञप्ति निकालेपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका थिए ।

[insert page='213740' display='yopanipadhnuhos.php']

मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टिप्पणी गरे।

वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङलाई राजीनामा गरेर पुनचुनाव लड्न चुनौती दिएका छन् ।

वडाध्यक्षहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयरले प्रक्रियाभन्दा बाहिर गएर धाकधम्की दिएको आरोप लगाए । साम्पाङलाई नगर प्रमुख पदबाट राजीनामा दिएर आफ्नो वडामा अध्यक्ष जितेर देखाउन चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077