Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नियम विपरित कारोबार गर्ने १० वाणिज्य बैंकहरु कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित कारोबार गर्ने १० वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवाना सहित कारबाही गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवाना सहित कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

जरिवानामा पर्नेहरुमा कृषि विकास बैक ६९ लाख ५८ हजार ८३१ रुपैयाँ ८९ पैसा, हिमालयन बैंक ७१ लाख ७२ हजार ९५९ रुपैयाँ ३६ पैसा रहेका छन् ।

यसैगरी हाल प्रभू बैंकसँग मर्जरमा गएको तत्कालीन सेन्चुरी बैंकलाई २०७९ साउन र भदौ महिनामा कर्जा÷निक्षेप (सीडी रेसियो) कायम नगरेको भन्दै केन्द्रीय बैंकले २ करोड ८४ लाख ७३२ रुपैयाँ ८६ पैसा जरिवाना गरेको छ ।

यसैगरी तोकिएको कर्जा-निक्षेप अनुपात कायम नगर्ने नेपाल बैंक १८ लाख ५९ हजार ७५२ रुपैयाँ ३८ पैसा जरिवानामा परेको छ भने, नबिल बैंक ६ करोड ४६ ४५ हजार ३२ रुपैयाँ ७४ पैसा जरिवानामा परेको छ ।

कर्जा-निक्षेप अनुपात कायम नगर्ने ग्लोबल आईएमई बैंकलाई समेत केन्द्रीय बैंकले ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ ३ पैसा जरिवाना गरेको छ । यसैगरी आफ्नो अख्तियारी भन्दा बाहिर गएर कर्जा स्वीकृत गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।

यता सहुलियतपूर्ण कर्जा प्रवाहमा औचित्य पुष्टि नहुने क्षेत्रमा कर्जा दिने, कतिपय मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याजदर प्रदान गर्ने तथा कर्जाको जोखिमभार मेन्टेन नगर्ने कुमारी बैंकलाई भने प्रथम पटक सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकबाट एकमुस्ट १५ करोड ४७ लाख ८४ हजार १४० रुपैयाँ २६ पैसा नगद जरिवाना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077