Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मिर्चैया बजारमा स्थानीय र व्यापारीको प्रदर्शन

    मिर्चैया बजारमा स्थानीय र व्यापारीको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 564
    SHARES

    सिरहा । स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै सिरहाको मिर्चैया बजारमा स्थानीयले प्रदर्शन गरेका छन् ।

    मिर्चैयाका नगर प्रमुख श्रवणकुमार यादवले आफूहरूमाथि ज्यादती गरेको भन्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।



    प्रदर्शनकारीले मेयर यादवको ज्यादती र शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कुटपिट गरेको भन्दै उनीहरूले पूर्वपश्चिम राजमार्ग अन्तर्गगत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरे ।



    दिउँसो साढे १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चोहर्वामा रोकिएका छन् । बिहान ११ बजे हनुमान चोकबाट निस्किएको विरोध र्‍यालीले राजमार्ग अवरुद्ध पारेको हो ।

    बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिनुपर्ने लगायत माग गर्दै गत चैत २७ गतेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु र प्रहरीबीच बिहीबार नगरपालिका घेराउका क्रममा झडप भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार