Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाघ भगाउन ६ राउण्ड हवाइ फायर, महिलाको खोजी जारी

    बाघ भगाउन ६ राउण्ड हवाइ फायर, महिलाको खोजी जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 1.3K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा घाँस काट्न गएकी महिलालाई बाघले लगेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुँइकी गंगादेवी चन्द बेपत्ता भएकी हुन् ।

    नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    उनीसँगै रहेका अरू महिलाहरू भने भागेका थिए । बेपत्ता चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



    आत्तिदै गाउँमा आएका ती महिलाले घटनाबारे बताएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव–डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी उक्त क्षेत्रमा पुगेका थिए ।

    बाघले स्थानीयलाई झम्टिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायरसमेत गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार