Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विद्यालयहरुलाई बालेनको चेतावनी - छात्रवृत्ति नियमसंगत उपलब्ध नगराए कारबाही गर्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले छात्रवृत्ति उपलब्ध गरिाएको विवरण वेबसाइट तथा सूचना पाटीमा टाँस्नसमेत निर्देशन दिएका हुन् ।

उनले नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध नगराए कानुन बमोजिम कारबाही चेतावनी दिए ।

साथै मेयर बालेनले छात्रवृत्तिबारे सचेत रहन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ''काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउँदै नयाँ शैक्षिक सत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाडौँ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ ।

साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सूचित गराउन अनुरोध गरिन्छ । अस्त नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारबाही अगाडि बढाउन महानगर बाध्य हुनेछ ।''

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077