Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा

कञ्चनपुर । बेलौरी नगरपालिका-८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोलीले आज बिहान बाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिएको हो ।

शुक्रबार बिहान ११ बजे पचुईँमा घाँस काट्न गएकी सोही ठाउँकी गंगा चन्दलाई बाघले आक्रमण गरी लगेको थियो। उनको अवस्था अझै अज्ञात छ । घटनापछि शुक्रबार दिनभर स्थानीयले बाघलाई घेरा हालेका थिए ।

बर्दियाका बाघ विज्ञ डा. दिनेश देवकोटाको नेतृत्वमा ३ सदस्यीय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका आभास श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय टोलीले बाघलाई डार्ट गरेर लठ्याएर नियन्त्रणमा लिएको बताइएको छ ।

बाघले आक्रमण गरी बेपत्ता बनाएकी महिलाको भने खोजीकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077