Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा

    महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 1.1K
    SHARES

    कञ्चनपुर । बेलौरी नगरपालिका-८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोलीले आज बिहान बाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिएको हो ।



    शुक्रबार बिहान ११ बजे पचुईँमा घाँस काट्न गएकी सोही ठाउँकी गंगा चन्दलाई बाघले आक्रमण गरी लगेको थियो। उनको अवस्था अझै अज्ञात छ । घटनापछि शुक्रबार दिनभर स्थानीयले बाघलाई घेरा हालेका थिए ।



    बर्दियाका बाघ विज्ञ डा. दिनेश देवकोटाको नेतृत्वमा ३ सदस्यीय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका आभास श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय टोलीले बाघलाई डार्ट गरेर लठ्याएर नियन्त्रणमा लिएको बताइएको छ ।

    बाघले आक्रमण गरी बेपत्ता बनाएकी महिलाको भने खोजीकार्य जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार