Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले जनताको रोजाइको पहिलो पार्टी हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले जनताको रोजाइको पहिलो पार्टी बनेको बताएका छन्।

पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले एमाले जनताको रोजाइको पहिलो पार्टी बने पनि एमाले बलियो शक्तिका रूपमा प्रस्तुत हुन नसकेको बताए ।

महासचिव पोखरेलले भने, ‘७७ जिल्लामध्ये ४४ जिल्लामा हाम्रो लोकप्रिय मत छ। तर, बलियो शक्तिका रूपमा प्रस्तुत हुन सकेका छैनौं। त्यही भएर पार्टी सुदृढीकरणका लागि ग्रासरुट अभियान चलाएका छौं। नेपालको राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अग्रणी छ। जनता र राष्ट्रका पक्षमा काम गर्दा सत्ता र सरकारबाट बाहिर राख्ने षडयन्त्र हुन्छ।’

पोखरेलले नेपालको राजनीतिक इतिहासमा प्रतिनिधि सभाको विघठन एमालेले मात्रै नगरेको बताए। प्रधानमन्त्री केपी ओली जनताको बीचमा जान्छु भन्दा प्रधानमन्त्रीको चाहनालाई रोक्ने काम सर्वोच्च अदालतको माध्यमबाट भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077