Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न युवासंघलाई महेश बस्नेतको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो भूमिकाको आलोचना गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार कार्यक्रमलाई सम्बोधन गर्दै एमालेलाई बलियो बनाउनका लागि क्रियाशिल हुन युवासंघलाई निर्देशन दिए।

नेता बस्नेतले प्रचण्डले राजनीतिक समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आरोप लगाए ।

उनले सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई पूरा गर्नका लागि युवा संघले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077