Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री लिला गिरीले पाएनन् विश्वासको मत, ढल्यो लुम्बिनी सरकार

रुपन्देही । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ।

बुधबार प्रदेशसभामा मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै एमालेको सरकार ढलेको हो।

योसँगै प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले लुम्बिनीमा सरकार गुमाएको छ । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो ।

लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो ।

तर, उनले बहुमतका लागि आवश्यकभन्दा कम मत पाएका हुन् । आजको मतदानमा एक सांसद भने उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077