Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र एडिबीका कन्ट्री हेडबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एसियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ।

एडीबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा आयोग र एडिबीबीच सहकार्यका विषयमा छलफल भएको बताईएको छ।

छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।

त्यस्तै, डा. श्रेष्ठले नेपालमा सरकारले ल्याउने उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनाहरूमा लगानी गर्न एडिबीसँग अनुरोध गरे।

जवाफमा कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यू भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरुमा लगानी गर्न एडिबी तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077