Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

शिर्ष तीन दलबीच ‘टीआरसी’ संसदीय विशेष समिति गठन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संक्रमणकालीन न्यायसम्बन्धी कानुनको विधेयकमा छलफल गर्न संसद्मा ‘टीआरसी’ विशेष समिति गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको तीन दलका शीर्ष नेताको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन विशेष समिति गठन गर्ने सहमति जुटेको हो ।

सहमति अनुसार टीआरसी विशेष समितिमा १५ सदस्य रहने सहमति भएको हो । यो सहमतिसँगै अब सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बाटो खुल्नेछ।

स्रोतका अनुसार संसदीय समितिको नेतृत्वमा पनि दलहरुबीच सहमति भएको छ । एमालेले २ विशेष समितिमध्ये राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।

त्यस्तै संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077