Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै, पछ्याउँदै शिवचन्द्र कुशवाहा

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।

मंगलबार दिउँसो २ः१५ को अध्यावधिक विवरणअनुसार ३५३१२ मत गणना सम्पन्न हुँदा जसपाका उम्मेदवार उपेन्द्र यादवले १५१८३ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने १० हजार ३७० मत प्राप्त गरेका छन्। यादव कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि छन्।

तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार २७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077