Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

संसदमा निशा डाँगीको प्रश्न– एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन् ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयले चर्चा पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएकी हुन्।

सांसद डाँगीले भनिन्, ‘रवि लामिछाने गृहमन्त्री हुँदा लक्ष्मी महतोका बारेमा बारम्बार प्रश्नहरू उठे। त्यसपछि यो विषय एकाएक हरायो। हत्या आरोपका अभियुक्त लक्ष्मी महतो अहिले कता छन् ? ’

सांसद डाँगीले रवि लामिछाने गृहमन्त्री हुँदा बारम्बार प्रश्न उठाइएका कोइरीको विषय अहिले एकाएक हराएको बताइन्।

कोइरीले अनुपस्थितिकोबारेमा सदनलाई जानकारी गराएको वा नगराएको विषयबारे स्पष्ट पार्न सांसद डाँगीले सभामुखसँग माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077