Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रास्वपाका ढाका कुमार श्रेष्ठ सांसद नरहेको संसदलाई जानकारी

    रास्वपाका ढाका कुमार श्रेष्ठ सांसद नरहेको संसदलाई जानकारी

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 498
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ढाका कुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन् ।

    मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् ।



    रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराएका हुन् ।



    कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख भए अनुसार संसद सचिवालयले श्रेष्ठको सांसद पद खारेज गरिदिएको हो ।

    एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

    श्रेष्ठ समानुपातिक कोटाबाट सांसद् बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार