Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा २ मा ३० हजार मत गन्न बाँकी हुँदा उपेन्द्रलाई ५ हजारको अग्रता

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।

खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ । जसमा जसपाका अध्यक्ष यादवले १६ हजार ९१३ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत ल्याएका छन् । यादव चार हजार ४ हजार ९२४ मतान्तरले अगाडि छन् ।

तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्।

उनले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077