Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बारा २ को मतगणना सकिँदा म निर्वाचित हुन्छु : कुसवाह

    बारा २ को मतगणना सकिँदा म निर्वाचित हुन्छु : कुसवाह

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 1.4K
    SHARES

    बारा । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले बारा क्षेत्र नं २ मा आफू निर्वाचित हुने दाबी गरेका छन् ।

    उपनिर्वाचन अन्तर्गत मतगणना भइरहँदा कुसवाहाले यस्तो बताएका हुन् ।



    जसपा अध्यक्षसमेत रहेका उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरिरहेका कुसवाहाले धेरै मत गन्न बाँकी रहेकाले गणना सकिँदासम्म आफू निर्वाचित हुने दाबी गरे ।



    प्राप्त मत परिणाम अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन् ।

    उनीहरुबीचको मतान्तर ३ हजार ३५० छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

    एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले भने ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २२६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार