Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झन कमजोर बन्यो एमाले, चितवन, तनहुँ र बारामा तेस्रो

    झन कमजोर बन्यो एमाले, चितवन, तनहुँ र बारामा तेस्रो

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 540
    SHARES

    काठमाडौं । २०७९ को निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेकपा एमाले हालै सम्पन्न उपनिर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।

    चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा पुग्यो ।



    तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय भोग्यो । चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ७ सय ५२ मत ल्याएका थिए । तर, अहिले रामप्रसाद न्यौपानेले त्यति पनि ल्याउन सकेनन् ।



    उनले पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रबाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।

    त्यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुगे। उनले त १० हजार मत पनि कटाउन सकेनन् ।

    उनी ८ हजार ४ सय ८८ मतमा सीमित भए । २०७९ को निर्वाचनमा त्यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए ।

    उता, बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार