Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से सूचक १३ अंकले घट्यो, कारोबार रकम ८४ करोडमा खुम्चियो

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ विन्दुमा कायम भएको छ ।

आज १३ वटा नै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय ६४ वटा कम्पनीका २५ लाख ७१ हजार कित्ता शेयर ८४ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् ।

त्यस्तै, शिवम सिमेन्टस् ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077