Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । लागूऔषध खैरो हेरोइन ब्राउन सुगरसहित विराटनगरबाट १ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयाबाट २४ वर्षीय उदितनारायण माझीलाई पक्राउ गरेको हो।

मोरङको ग्रामथान गाउँपालिका-१ लखन्तरी घर भएका माझी प्रदेश १-०४-००१ प ३६२८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतिर आउँदै गर्दा पक्राउ परेका हुन्।

शंका लागेपछि सशस्त्रले मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीमाथि खानतलासी गरेको थियो। शरीर खानतलासी गर्दा माझीको साथबाट ६.७४ ग्राम ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका माझी, बरामद भएको खैरो हेरोइन र नियन्त्रणमा लिइएको मोटरसाइकललाई सशस्त्रले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ।

माझीका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077