Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शेयर बजार २.२७ अंकले घट्याे, कारोबार रकम पनि ७३ करोडमा झर्यो

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा अडिएको  छ ।

बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ ।

बिहीबार नेप्सेमा २१ लाख ७४ हजार ९१४ कित्ता शेयर किनेबच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको शेयर किनबेच भएको हो।

समग्रमा बजार घटे पनि आज सिटिजन्स म्युचल फन्ड–२ काे शेयर ५ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077