Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अयोग्य लडाकुलाई पैसा दिँदै जाने सरकारको निर्णय ठिक छैन : माधव नेपाल

धनुसा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अयोग्य लडाकुलाई पैसा दिँदै जाने सरकारको तरिका ठिक नभएको बताएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका राम्रो नभएको बताएका हुन् ।

अध्यक्ष नेपालले लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताए।

अध्यक्ष नेपालले भने, ‘लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन । मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो ।’

पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी नबस्ने अध्यक्ष माधवकुमार नेपालले बताए । अध्यक्ष नेपालले देशमा अर्थतन्त्रको अहिलेको अवस्थाको लागि कुनै पार्टी विशेषलाई दोष नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077