Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीलाई पूर्वराजाको जवाफ - हिमानीले सामाजिक सञ्जाल चलाउँदिनन्, मयार्दामा आँच नपुर्‍याइयोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिबारे पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले हिमानीको फेक अकाउन्टलाई उद्धृत गर्दै बिहीबार पूर्वराजा ज्ञानेन्द्रलाई आफूसँग निहुँ नखोज्न भन्दै आक्रोश व्यक्त गरेका थिए। हिमानीको नामको फेक ट्वीटर अकाउन्टमा जनताले केपी ओलीलाई ढुंगा हाने भन्दै ट्वीट भएको थियो।

सचिवालयले विज्ञप्तिमा भनेको छ,'निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन पनि अनुरोध गरेको छ।'

विज्ञप्तिमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको छ । पूर्वराजाको संवाद सचिवालयले ज्ञानेन्द्र शाह, हिमानी शाहले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077