काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अयोग्य लडाकुलाई २-२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आर्थिक संकटका बेला यसरी अयोग्य लडाकुलाई पैसा बाढ्नुभन्दा रोजगारी दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोड रुपैयाँमा अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गरेर उत्पादनमा जोड्नुपर्ने प्रस्ताव गरेका छन् ।
भट्टराईले ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटेल खोलेर लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको व्यवस्था गर्न नेता भट्टराईले प्रस्ताव गरेका हुन् ।