Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मलेसियाका राजदूत पौडेल मानब तस्करका मतियार, अविश्वसनीय कम्पनीमा ९ सय कामदार लान अनुमति

    मलेसियाका राजदूत पौडेल मानब तस्करका मतियार, अविश्वसनीय कम्पनीमा ९ सय कामदार लान अनुमति

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 849
    SHARES

    काठमाडौं । धेरै नेपाली नेपाली कामदार रोजगारीका लागि जाने मुलुक हो मलेसिया । मलेसियास्थित नेपाली राजदूतको मुख्य कर्तब्य कामदारहरुका लागि सुरक्षित रोजगारीका लागि मुख्य भूमिका खेल्नुपर्ने हो । तर मलेसियास्थित नेपाली राजदूत डिल्लीराज पौडेल भने मानवतस्करका मतियार बनेका छन् ।

    उनले काम दिनसक्ने क्षमता नै नभएको कम्पनीमा नेपाली कामदार लैजाने स्वीकृति दिएका छन् ।



    आर्थिक चलखेलमा राजदूत पौडेलले कामै दिन नसक्ने मलेसियाको स्टार डोमान एसडीअन नामको कम्पनी ।  उक्त कम्पनीमा  ९ सय कामदारको फाइल प्रमाणीकरण गरेका छन् । नेपालमा समेत राम्रो छवि नभएका पौडेल राजदूत हुन ठूलो रकम खर्च गरेको भन्दै त्यो उठाउन ९ सय नेपालीलाई मलेसियामा लगेर अलपत्र पार्ने म्यानपावर दलालहरुको मतियार बनेका छन् ।



    मलेसियाको स्टार डोमान कम्पनीमा ९ सय कामदारको फाइल ८ महिनाअघि श्रम सहचारी समक्ष पेश भएको थियो । उक्त कम्पनीको कागजातको प्रारम्भिक जाँच गर्दा विश्वसनीय नदेखिएको, उक्त कम्पनीका डाइरेक्टरलाई दूतावासमा आउन भन्दा डेढ महिनापछि आएको, कम्पनीको इमेल, बेबसाइट, नदेखिएकाले श्रम सहचारी दीपक ढकालले त्यो फाइल नै रद्द गरिदिएका थिए ।

    तर मलेसियास्थित श्रम सहचारी ढकालको कार्यकाल सकिएर स्वदेश फिर्ता भएपछि राजदूत पौडेलले उक्त फाइल सदर गरेका छन् ।

    ढकालले उक्त कम्पनीका डाइरेक्टर भनिएका ब्यक्तिको हस्ताक्षर चेक गर्दा नमिलेको देखिएको, नेपालबाट लगिएका त्यति धेरै कामदारहरुलाई कहाँ कहाँ राख्ने कुनै योजना नभएको देखिएपछि उक्त फाइल रद्द गरेका थिए ।
    म्यानपावरका स्थानीय दलालहरुको बढी चलखेल भएको र ठूलो संख्यामा नेपाली ल्याएर काम दिनसक्ने क्षमता नदेखिएको र दूतावासमा पेश गरिएको कागजातमा नक्कली सही सहित पेश गरिएको हुँदा चर्को दबाबका बाबजुद उक्त फाइल प्रमाणिकरण नगरी रद्द गरिदिएका थिए ।

    त्यस्तो अविश्वसनीय कम्पनीमा ९ सय नेपाली कामदार ल्याएर अलपत्र पर्ने देखिएकाले फाइल रद्द गरिएको जगजाहेर हुँदाहुँदै राजदूत पौडेलले आर्थिक प्रलोभनमा परी प्रमाणीकरण गरेको आरोप छ ।
    पौडेल देशको नभएर बदनाम म्यानपावर कम्पनीको दूत जस्तै भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको कोटामा राजदूत भएका पौडेलले केही विवादित म्यानपावरहरुको माग प्रमाणीकरण गरेको आरोप छ ।

    इमेल, बेबसाइट समेत नभएको मलेसियाको स्टार डोमान कम्पनीमा ९ सय कामदार आपूर्तिका लागि नेपालका नूर अपरच्यूनिटिज प्रालि, पंगेनी ह्यूमन रिसोर्स प्रालि, मार्भलस मेनपावर प्रालि सहित ७ वटा कम्पनीको प्रस्ताव पेश गरिएको थियो ।

    कम्पनी विश्वसनीय नदेखिएपछि श्रम सहचारी ढकालले रद्द गरिदिए । तर आर्थिक प्रलोभनमा परी राजदूत पौडेलले प्रमाणीकरण गरेपछि उनका कारण ९ सय कामदार अलपत्र पर्ने खतरा देखिएको छ । यस बारेमा प्रतिक्रिया लिनका लागि राजदुत पौडेलसँग पटक – पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार