Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

निदाएका नेताहरुको विवेक जगाउन आन्दोलन आवश्यक छ : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन आवश्यक रहेको बताएका छन् ।

शनिवार माइतीघर मण्डला पुगेर मिश्रले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन आन्दोलन आवश्यक भएको बताएका हुन्।

मिश्रले भने,‘सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ। बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ। हामी राप्रपाका सबै साथीहरु उहाँलाई समर्थन गर्न तयार छौँ।’

मिश्रले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता व्यक्त गरे।

उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताए। उनले आविष्कार क्षेत्रलाई प्रवर्द्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने बताए ।

मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताए। उनले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवर्द्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077