Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजा चार्ल्स तृतीयको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद बेलायत जाने

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने भएका छन् ।

परराष्ट्रमन्त्री साउद  राज्याभिषेक समारोहमा सहभागि हुन वैशाख २१ गते बेलायत जान लागेका छन् ।

यसअघि कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएपनि स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्र मन्त्री साउद जान लागेका हुन् ।

आगामी मे ६ तारिखका दिन राजा चार्ल्सको क्वीन कन्सोर्ट कमिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077