Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाँकी मन्त्रीको नाम तय गर्न कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा

काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ ।

कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको छ ।

वैशाख ३ मा आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन। कांग्रेसले ८ जना मन्त्री भाग पाए पनि हालसम्म ५ जना मात्र पठाएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077