Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खोलाको पैनी मर्मत गर्ने क्रममा भेटियो पेस्तोल

मोरङ । मोरङमा खोलाको पैनी मर्मत गर्ने क्रममा पेस्तोल फेला परेको छ ।

जिल्लाको पथरीशनिश्चरे नगरपालिका–१ र १० को सिमानास्थित पथरी खोलाको पैनी मर्मत गर्ने क्रममा आइतबार दिउँसो पेस्तोल फेला परेको हो ।

खाली म्याग्जीनसहितको अटोमेटिकजस्तो देखिने चाइनिज आकारको पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । पैनी मर्मत गर्न र माछा मार्न गएका स्थानीयले दिउँसो १२:१५ बजेतिर पेस्तोल भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले पेस्तोल बरामद गरेर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077