Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरब्याज पीडितसँग भेट्दै भट्टराईले भने- सरकारसँग छलफल गर्नेछु

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई आन्दोलनरत मिटरब्याजी पीडितलाई भेट्न रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेका छन् ।

भट्टराईले मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै तुरुन्त राजनीतिक निर्णय गरेर न्याय दिन आग्रह गरेका छन् ।

उनले मिटरब्याजीपीडितले अघि सारेका माग जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताए ।

गत चैत १९ गते तराईसहित विभिन्न ३० जिल्लाबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरु निरन्तर आन्दोलन गरिरहेका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077