Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हत्याको ११ दिनपछि गरियो निरा आचार्यको अन्त्येष्टि

    हत्याको ११ दिनपछि गरियो निरा आचार्यको अन्त्येष्टि

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा हत्या गरिएको निरा आचार्यको अन्त्येष्टि भएको छ । सोमबार मृतक परिवारले शव बुझेर अन्त्येष्टि गरेको हो।

    उनको वैशाख ७ गते दिउँसो आफ्नै पसल निरू किचेनभित्र हत्या भएको थियो। यस घटनामा प्रहरीले अनुसन्धान गरी आरोपितलाई आइतबार सार्वजनिक गरेको थियो।



    आरोपित व्यक्ति सार्वजनिक गरेसँगै मृतक परिवारले शव बुझेका हुन्। हत्या आरोपमा शनिबार पक्राउ परेका झापाका विनोद बिकलाई आइतबार काठमाडौं ल्याएर सार्वजनिक गरिएको थियो।



    हत्याका अभियुक्त सार्वजनिक गर्दा पनि आफन्त प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार