Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कपन हत्याकाण्ड : अनुसन्धान गर्न एआइजीको नेतृत्वमा समिति गठन

    कपन हत्याकाण्ड : अनुसन्धान गर्न एआइजीको नेतृत्वमा समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याकाण्डबारे अनुसन्धान गर्न प्रहरीले एआइजीको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    बैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले सीआईबीका एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको हो ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ ।



    एक साता बितिसक्दा उक्त हत्या प्रकरणका बारेमा प्रहरीले यकिन कारण पत्ता लगाउन नसकेपछि उच्चस्तरबाट छानविन गर्न समिति बनाइएको हो ।

    वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरिका विभिन्न अंगमा प्रहार गरी हत्या गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार