Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

    गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ ।

    दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।



    अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो ।



    मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी गरिएको छ । ‘फाइल आजभोलि नै अर्थमा जान्छ । केही दिनमा दरबन्दी थप हुन्छ । प्रधानमन्त्रीले थप्ने भनेपछि अरूले रोक्ने कुर भएन,’ गृहका एक अधिकारीले भने ।

    प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा तीन एआईजी थप्न संगठन व्यवस्थापन तथा सर्वेक्षण गरी केही समयअघि पठाएको थियो । नागरिक दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार