Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एआइजी पोखरेलको मुद्दा असार ५ गतेको पेसीमा

    एआइजी पोखरेलको मुद्दा असार ५ गतेको पेसीमा

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार ५ गतेको पेसीमा राखिएको छ ।

    सोमबार सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो ।



    कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा।कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो ।



    प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको उक्त रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरेपछि हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि सुनुवाइको मिति तोकिएको हो ।

    अब असार ५ गते पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार